[t4b-ticker]

८० किलो गाँजासहित २ जना पक्राउ

हेटौँडा – मकवानपुर प्रहरीले ८० किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई पक्रेको छ । जिल्लाको थाहा नगरपालिकास्थित डाँडाबासबाट काठमाडौतर्फ जाँदै गरेको बा.५ च ४४११ नम्बरको टाटासुमो चेकिङको क्रममा गाँजासहित २ जनालाई पक्राउ गरेको हो ।

-------------- बिज्ञापन ---------------

पक्राउ पर्नेमा सुमोका चालक गोरखाको पालुङटार नगरपालिका १० मिरकोट घर भई हाल: काठमाडौ १३ कालिमाटी डेरा गरी बस्दै आएका २८ वर्षका मधुसुदन अधिकारी र सुमोमा रहेला सिन्धुलीको दुधौली नगरपालिका ८ खोरभञ्ज्याङ घर भई काठमाण्डौको डल्लुमा डेरा गरी बस्ने २५ वर्षका नवराज खड्का रहेका छन् ।

सुमोभित्र लुकाएर ल्याएको अवस्थाको ८० किलो १२० ग्राम गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।

थाहा नगरपालिका ३ थानाबजारस्थित त्रिभुवन राजपथ सडक खण्डमा लागूऔषध ओसारपसार भइरहेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्रेको हो ।

गाँजासहित पक्राउ परेका अधिकारी र खड्का दुवैलाई जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद अनुमति लिएर थप अनुसन्धान कार्य अघि बढाइएको प्रवक्ता अर्यालले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने