मकवानपुर – कैलाश गाउँपालिका वडा नं. १ को केउरेनी–धुसा र वडा नं. ६ को पकनी क्षेत्रलाई पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समूदाय घोषणा गरिएको छ।
-------------- बिज्ञापन ---------------
गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले एक कार्यक्रमकाबीच यी समुदायलाई घोषणा गर्दै घर–घरमा सुरक्षित पानी पुर्याउने लक्ष्यअनुसार योजनाहरू तीव्र बनाइएको जानकारी दिए। उनले खानेपानी बोर्ड गठनसहित मुहान संरक्षणका कार्यक्रम पनि अघि बढाइने बताए।
केउरेनी–धुसामा आयोजित कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष तेजबहादुर ब्लोनले ७८ घरमा धारा जडान भइसकेको जानकारी दिँदै सरसफाई र पानीमा फिल्टरको प्रयोगमा ध्यान दिन आग्रह गरे।
त्यस्तै, वडा नं. ६ का रामबहादुर गोम्बाको अध्यक्षतामा पकनीको बाहुनगाउँ हट्टेटोलमा सम्पन्न कार्यक्रममा ८७ घरधुरीलाई धारा र फिल्टर उपलब्ध गराइएको छ ।