[t4b-ticker]

रिक्त पदहरू पूर्ति गर्न चुनावी प्रक्रिया अघि बढाउन निर्वाचन आयोगकाे तयारी

देशभर विभिन्न तहका रिक्त पदहरूमा उपचुनाव गराउने तयारी तीव्र पारिएको छ। प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र पालिकामा रिक्त पदहरू पूर्ति गर्न चुनावी प्रक्रिया अघि बढाउन निर्वाचन आयोगले तयारी थालेको हो।

-------------- बिज्ञापन ---------------

आज सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले भेट गरी आवश्यक परामर्श गरेको छ। भेटमा प्रधानमन्त्री ओलीले उपचुनाव सहज बनाउन सरकारको तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता जनाउनुभएको छ।

देशभरका पालिकाहरूमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको र तिनका लागि पनि उपचुनाव गरिने भएको छ। त्यस्तै, आउँदो फागुनमा कार्यकाल पूरा हुने १९ जना राष्ट्रियसभा सदस्यहरूमध्ये १८ पदमा चुनाव हुनेछ भने एक पदमा राष्ट्रपतिबाट मनोनयन गरिनेछ।

आयोगले असार १६ भित्र चुनाव मिति सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने