साप्ताहिक कारोबारको पहिलो दिन आइतबार नेप्से सूचक दोहोरो अंकले घट्दै बन्द भएको छ। नेप्से ११.५२ अंकले (०.४२ प्रतिशत) घटेर २,७०८.२५ विन्दुमा ओर्लिएको हो।
-------------- बिज्ञापन ---------------
आइतबारको कारोबारमा ७९ कम्पनीको सेयर मूल्य बढ्दा १७३ कम्पनीको मूल्य घटेको थियो। घट्ने कम्पनीहरूको संख्या बढेकाले समग्र नेप्से सूचकमा दबाब परेको हो।
सो दिन ५८ हजार ८७ पटकको कारोबारमार्फत १ करोड ११ लाख २४ हजार ८ सय ४५ कित्ता सेयर किनबेच भएको छ। जसको मुल्य ४ अर्ब ४० करोड २७ लाख रुपैयाँ बराबर रहेको छ। यो कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो। गत बिहीबार ५ अर्ब १४ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।