जेनजी समूहको आन्दोलनको क्रममा सहिद भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै रोट¥याक्ट क्लव अफ मकवानपुरले दीप प्रज्वलनको आयोजना गरेको छ । आइतबार साँझ हेटौंडा २ संगमचोकमा श्रद्धाञ्जलीसहित दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो ।
-------------- बिज्ञापन ---------------
कार्यक्रममा रोट¥याक्ट क्लव अफ मकवानपुर र रोटरी क्लव अफ मकवानपुरका पदाधिकारी एवम् सदस्यसहित सर्वसाधारणको समेत सहभागिता रहेको थियो ।
रोट¥याक्ट क्लव अफ मकवानपुरका अध्यक्ष अमितकुमार सिंहले जेनजी आन्दोलनको क्रममा सहिद भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गरे । यस्तै सहिदको परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत गरेका छन् ।
जेनजीको आन्दोलनसँगै अब मुलुक नयाँ युगमा प्रवेश गर्ने र मुलुकको विकास एवम् समृद्धि हुने आम नेपालीको विश्वास रहेको अध्यक्ष सिंहको भनाई थियो ।
रोट¥याक्ट क्लव अफ मकवानपुरका रोट¥याक्टर मनोज राईको संयोजकत्वमा, मेम्बरसिप चेयर रोट¥याक्टर रविना घिमिरेले सञ्चालन गरेको कार्यक्रममा रोट¥याक्ट क्लव अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, पूर्व अध्यक्षहरु विजय पौडेल, प्रतिक्षा न्यौपाने, प्रदीपकुमार राई, राजन कटुवाल, निवर्तमान अध्यक्ष सृजना लामिछाने, रोटरी क्लव अफ मकवानपुरका पूर्व अध्यक्ष कृष्णबहादुर कार्की, विजयलाल श्रेष्ठसहित रोट¥याक्टका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।