[t4b-ticker]

बिस्तारै मोटरसाइकल चलाउन केसी अब्बल

जारी चैनपुर जेसीज मनहरीको जेसीज सप्ताह अन्तर्गत भएको बिस्तारै मोटरसाइकल चलाउने प्रतिस्पर्धामा निमेष केसी प्रथम भएका छन् । अन्य १५ प्रतिस्पर्धीलाई अघि लगाउँदै उनले बिस्तारै मोटरसाइकल चलाएका हुन् ।

-------------- बिज्ञापन ---------------

प्रतिस्पर्धामा सहभागी १६ जनालाई ४ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो । प्रत्येक समूहको विजेता ४ जना फाइनल स्पर्धामा उत्रेका थिए । फाइनलमा निमेषसहित मणिराज केसी, राम गौतम र लक्ष्मण गौतमले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको विजेता केसीले नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । उनलाई जेसीज सप्ताहको समापनको दिन कात्तिक १ गते पुरस्कार वितरण गरिने जेसीज सप्ताह मूल कार्यक्रम संयोजक मिलन ढुंगानाले जानकारी दिए ।

कार्यक्रम संयोजक राजकुमार तिमल्सिनाको संयोजकत्व एवम् जेसीजका अध्यक्ष कृष्णप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

वडा अध्यक्ष थापाले पछिल्लो समय तीव्र गतिका कारण दुर्घटना बढ्दो क्रममा रहेको स्मरण गराउँदै विस्तारै चलाएर पनि पुरस्कार जित्न सकिने धारणा राखे । ‘दुर्घटनाको प्रमुख कारणहरु मध्ये तीव्र गति पनि एक हो’, उनले भने, ‘बिस्तारै सवारी चलाएर पनि गन्तव्यमा पुग्न सकिन्छ ।

यो शिक्षा विशेषगरी युवाहरुले सिक्न जरुरी छ ।’ कार्यक्रममा स्थानीय विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिको आतिथ्यता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

भारतबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा धेरैको सामानमा कर

नेप्सेमा नयाँ नियम लागू: अब एकैदिन शेयर मूल्य १५%सम्म घटबढ हुने

आज आमाको मुख हेर्ने दिन

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा