[t4b-ticker]

राक्सिराङमा गोली हानी एकजनाको हत्या, हत्या गर्ने थोकर प्रहरी नियन्त्रणमा

मकवानपुरको राक्सिराङ गाउँपालिकामा गोली प्रहार गरेर एकजनाको हत्या भएको छ । शुक्रबार बिहान करिब १० बजेको समयमा राक्सिराङ गाउँपालिका १  कोलगैरी ठकुरीडाँडाका ७५ वर्षीय वृद्धा इमानसिंह थोकरले सोही स्थानका ६४ वर्षीय ठूले गोलेलाई गोली प्रहार गरी हत्या गरेका हुन् ।

-------------- बिज्ञापन ---------------

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पुरानो रिसिबीका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक दीपक थापा नेतृत्वको कमाण्डमा गएको टोलीले हत्या गरी नजिकैको जंगलमा लुकेर बसिरहेको अवस्थामा थोकरलाई दिउँसो करिब ४ बजे पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गोली प्रहार गर्ने थोकर अनकन्टार जंगलमा लुकेर हतियारसहित बसिरहेका थिए । प्रहरीले थोकरको साथबाट कटुवा पेस्तोल एक थान, गोली दुई राउण्ड, खोका १ थान र १९० ग्राम गन पाउडर समेत बरामद गरेको छ ।

घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

आज सार्वजनिक बिदा

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

सुनचाँदीको भाउमा गिरावट

यो पनि पढ्नुहोस्

आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

सुनचाँदीको भाउमा गिरावट

सुनचाँदीको भाउमा गिरावट

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा