[t4b-ticker]

क्लाउडफ्लेयरमा आएको प्राविधिक समस्या : नेपालका धेरै वेबसाइट प्रभावित

हिजो बेलुका क्लाउडफ्लेयरमा उत्पन्न भएको प्राविधिक समस्याले विश्वभरका वेबसाइटसँगै नेपालका विभिन्न अनलाइन पोर्टल र सेवाहरूसमेत प्रभावित भएका छन्। सामाजिक सञ्जाल ‘एक्स’ (पहिलेको ट्वीटर) लगायतका ठूला प्लाटफर्मदेखि अनेक नेपाली अनलाइन समाचार साइट, इ–कमर्स साइट तथा सेवा प्रदायकका वेबपेजहरूमा प्रयोगकर्ताले ‘इन्टरनल सर्भर इरर’ लगायतका समस्या अनुभव गरेका थिए।

-------------- बिज्ञापन ---------------

इन्टरनेट पूर्वाधार सेवा प्रदायकका रूपमा विश्वभर परिचित क्लाउडफ्लेयरले समस्या देखिएलगत्तै एक सूचना जारी गर्दै आफूहरू घटनाबारे अवगत रहेको र समाधानका लागि अनुसन्धान चलाइरहेको जनाएको थियो।

समस्याका कारण वेबसाइटको उपलब्धता निगरानी गर्ने ‘डाउन डिटेक्टर’ नामक सेवा समेत केही समयका लागि अवरुद्ध भएको थियो।

केही समय प्रभावित भएका वेबसाइटहरू क्लाउडफ्लेयरले समस्या समाधान गरेपछि क्रमशः सामान्य अवस्थामा फर्किन थालेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने