[t4b-ticker]

कैलाश गाउँपालिकामा एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम सुरु

मकवानपुरको कैलाश गाउँपालिकामा आधारभूत तह ९कक्षा १ देखि ३० का शिक्षकहरूका लागि एकीकृत पाठ्यक्रमसम्बन्धी कस्टमाइज्ड तालिम सुरु भएको छ। पाँच दिने तालिम कैलाश–९, नामटारस्थित श्री कालिका माध्यमिक विद्यालयमा मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ।

-------------- बिज्ञापन ---------------

तालिमको उद्घाटन वडा नं. ९ का वडाध्यक्ष भूवन सिंह घलानको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा गरिएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मुक्तानले गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर काम गर्दै आएको उल्लेख गरे। तालिमले शिक्षकहरूमा नयाँ उर्जा र कौशल भर्न मद्दत गर्ने बताउँदै उनले सिकाइ विद्यालय र विद्यार्थीमा प्रत्यक्ष रूपमा देखिनुपर्नेमा जोड दिए।

कार्यक्रममा वडाध्यक्ष घलानले तालिमबाट प्राप्त ज्ञान र सीपलाई विद्यालयमा जति सक्दो कार्यान्वयन गर्न शिक्षकहरूलाई अनुरोध गरे। गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समिर जोशीले तालिमको प्रभाव विद्यार्थीले पनि अनुभव गर्नुपर्ने बताए।

सहायक शिक्षा अधिकृत दीपेन्द्र अधिकारीका अनुसार तालिममा गाउँपालिकाका ६ वटा मावि, ४ वटा निमावि ३३ वटा प्रावी विद्यालयका शिक्षकहरूको सहभागिता रहेको छ।

तालिममा कालिका माविका प्रअ रामप्रसाद कालाखेती, सहायक शिक्षा अधिकृत दीपेन्द्र अधिकारी, स्रोत शिक्षक ध्रुवराज विष्टलगायतको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने