मकवानपुरको भीमफेदी गाउँपालिका–५ ढुसिनीपुल नजिक खहरे खोलाको भीरबाट खसेकी एक १४ वर्षीया किशोरीलाई प्रहरीले ज्यानै जाने जोखिमबाट उद्धार गरेको छ।
-------------- बिज्ञापन ---------------
हिजो सोमबार साँझ करिब ८:०० बजे हिरा स्याङ्तानकी छोरी रजना स्याङ्तान घरबाट छबेली बजार जान्छु भनी एक्लै हिँडेकी थिइन्। बाटोमा अचानक खहरे खोलाको भीरबाट करिब ५० मिटर तल खसी खोल्सामा अड्किएर बसेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली तत्कालै उदारका लागि खटिएको थियो।
प्रहरीले कठिन स्थानबाट किशोरीलाई सुरक्षित रूपमा निकालेर भीमफेदी स्वास्थ्य चौकी पठाएको र आवश्यक प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेटौंडा अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।