राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशका इन्चार्जहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जको भूमिकामा रहेका सचिवालय सदस्यहरूलाई इन्चार्जबाट हटाएर अब केन्द्रीय सदस्यहरूलाई प्रदेश इन्चार्जको भूमिका दिने निर्णय गरेको छ ।
-------------- बिज्ञापन ---------------
रास्वपाले गएको वैशाखमा कोशीमा सन्तोष परियार, मधेशमा मनिष झा, बागमतीमा निमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपीन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाललाई प्रदेश इन्चार्ज तोकेको थियो ।
अहिले केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा पदहरू रिक्त छन् ।