[t4b-ticker]

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि स्वास्थ्य परीक्षण शुल्क ९ हजार ५ सय

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि स्वास्थ्य परीक्षण शुल्क बढेर ९ हजार ५ सय रुपैयाँ पुगेको छ। तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ८ चैत २०८१ मा गरेकाे मन्त्रीस्तरीय निर्णय आजबाट कार्यान्वयनमा आएको हो।

-------------- बिज्ञापन ---------------

यसअघि स्वास्थ्य व्यवसायीहरूले ६ हजार ५ सय रुपैयाँसम्म लिँदै आएकाे शुल्क ३४ प्रकारका स्वास्थ्य परीक्षण अनिवार्य गर्ने निर्देशनसँगै ९ हजार ५ सय कायम गरिएको हो। परीक्षण सेवा गुणस्तरीय बनाउने उद्देश्यले शुल्क बढाइएको सरकारी तर्क छ।

निर्णय तत्कालीन समयमा गरेको भए पनि चौतर्फी विवादका कारण कार्यान्वयन रोकिएको थियो। यतिबेला विभागीय मन्त्रीसमेत नभएको अवस्थामा नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले व्यवसायीलाई पत्राचार गर्दै नयाँ शुल्क लागू गर्न निर्देशन दिएपछि आजदेखि स्वास्थ्य संस्थाहरूले सो शुल्क लागू गरेका हुन्।

३४ प्रकारका परीक्षण अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने र त्यसका लागि ९ हजार ५ सय रुपैयाँ लिनुपर्ने व्यवस्था महासंघले व्यवसायीलाई स्मरण गराएको छ। स्वास्थ्य सेवा प्रविधिमैत्री तथा डिजिटलाइजेसन गर्ने काम मन्त्रालयले निरन्तर गरिरहेको बताइए पनि शुल्क बढ्दा वैदेशिक रोजगारीमा जाने श्रमिकको व्ययभार थपिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने