[t4b-ticker]

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

मकवानपुरगढी गाउँपालिका–२ ताल्चेमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु गरिएको छ ।

-------------- बिज्ञापन ---------------

सामुदायिक महिला विकास केन्द्र मकवानपुरको आयोजना तथा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिमको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा मकवानपुरगढी गाउँपालिका–२ का वडा अध्यक्ष बखानसिं पाख्रिन सहभागी रहेका थिए । कार्यक्रममा बोल्दै उनले आधुनिक तथा अर्गानिक कृषि प्रणालीले किसानको उत्पादन वृद्धि र आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

बैशाख २८ गतेदेखि सुरु भएको तालिम जेठ ११ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । तालिममार्फत कृषकलाई अर्गानिक टनेल खेती, उत्पादन व्यवस्थापन तथा व्यावसायिक कृषि सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिने बताइएको छ ।

संस्थाका अध्यक्ष मिलन बजगाईंको सभाध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा सदस्य लक्ष्मी विक, टोल विकास संस्थाका अध्यक्ष गुणराज तिमल्सिनालगायत स्थानीय कृषक तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

नीति तथा बजेट निर्माणमा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सञ्चालनमा

नीति तथा बजेट निर्माणमा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सञ्चालनमा