[t4b-ticker]

रोहितकुमार पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी

लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

-------------- बिज्ञापन ---------------

लुम्बिनीलाई एनपीएलको दोस्रो संस्करणको च्याम्पियन बनाउँदा अलराउन्ड प्रदर्शन गरेका रोहित प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएका हुन् । उनले प्रतियोगिताका १० खेलमा बलिङतर्फ १० विकेट र ब्याटिङतर्फ २६७ रन बनाएका छन् ।

रोहितले एक थान ओमोडा–जेइको जे–५ कार पाए । यस्तै, प्रतियोगितामा नेपालबाट सबैभन्दा धेरै रन बनाउने ब्याटर बनेका रोहितले एक थान पल्सर मोटरसाइकलसमेत पाए ।

लुम्बिनी लायन्सकै बलर शेर मल्ल प्रतियोगिताको उदीयमान खेलाडी चुनिए । शेर मल्लले एक थान पल्सर मोटरसाइकल प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट बलर विराटनगरका कप्तान सन्दीप लामिछानेले पनि एक थान पल्सर मोटरसाइकल प्राप्त गरे ।

रेडबुलले प्रदान गरेको ‘इनरजेटिक प्लेयर अफ दी टुर्नामेन्ट’ भने सुदूरपश्चिमका बलर अभिनाश बोहरा चुनिए । अभिनाशले दुई लाख रुपैयाँ प्राप्त गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु