[t4b-ticker]

घर भत्काउने क्रममा तीन जना घाइते

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ पिपलबोटस्थित उद्योग वाणिज्य संघ अगाडि रहेको एक घर भत्काउने क्रममा तीन जना घाइते भएका छन्।

-------------- बिज्ञापन ---------------

प्रहरीका अनुसार मिति २०८२ मंसिर २८ गते अपराह्न करिब ३:५० बजे बिकी जैसवालको घर आफैंले कामदार लगाई भत्काउने क्रममा दुर्घटना भएको हो।

घर भत्काउने क्रममा काम गरिरहेका तीन जना मजदुर घाइते भएपछि स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो।

घाइते हुनेमा मकवानपुरगढी गाउँपालिका–१ रानिसेरा निवासी २२ वर्षीय सन्तोष भ्लोन, उदयपुरको गाईघाट नगरपालिका–९ निवासी २६ वर्षीय दिनेश चौधरी र उदयपुर बेलका नगरपालिका–१ पुरन्दा निवासी ३० वर्षीय अरुण चौधरी रहेका छन्।

सन्तोष भ्लोन र दिनेश चौधरीको मकवानपुर सहकारी अस्पतालमा तथा अरुण चौधरीको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु