[t4b-ticker]

साथीले बोकेको भरुवा बन्दुक पड्किँदा एकजनाको मृत्यु

मकवानपुरको मनहरीमा साथीले बोकेको भरुवा बन्दुक पड्किँदा आइतबार राति एक जनाको मृत्यु भएको छ ।
मनहरी गाउँपालिका–६ वालभञ्ज्याङका ५० वर्षीय सेते थिङको साथीले बोकेको भरुवा बन्दुक पड्किँदा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो । यहाँको सिस्नेरीपखेरा जंगलमा राक्सिराङ गाउँपालिका–८ राजराङका ४५ वर्षीय गोपाल ब्लोन भरुवा बन्दुक बोकेर अगाडि–अगाडि हिँडिरहेका थिए भने सेते पछाडि–पछाडि हिँडिरहेका थिए । उनीहरू शिकार खेल्न गएका थिए । अगाडि हिँडिरहेका गोपाल लहरमा अल्झिएर लड्दा बन्दुक पड्किँदा पछाडि हिँडिरहेका सेतेलाई लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी राजुप्रसाद कुर्मीले बताए । प्रहरीले दुई थान भरुवा बन्दुकसहित गोपाल ब्लोनलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाएको जनाएको छ ।

-------------- बिज्ञापन ---------------

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने