दिब्यतारा बहुउद्देश्यीय सहकारी संस्था लि. हेटौंडा–२, पल्पसारोड, मकवानपुरले कर्जा चुक्ता नगर्ने ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ ।
दिब्यतारा बहुउद्देश्यीय सहकारी संस्थाबाट कर्जा सुविधा उपभोग गरी सहकारीलाई तिर्नुपर्ने साँवा ब्याजसमेत नतिरेपछि सहकारीले लिखित तथा मौखिक रुपमा तारकेता गर्दा समेत कर्जा चुक्ता नगरेपछि ३५ दिने म्यादसहित कर्जा चुक्ता गर्न आउन आग्रह गरेको छ ।
-------------- बिज्ञापन ---------------
संस्थाका अनुसार उल्लेखित ऋणी सदस्यहरूले संस्था र ऋणीबीच भएको सम्झौता बमोजिम तोकिएको कर्जाको सावा, ब्याज तथा हर्जना नियमित रूपमा बुझाउनुपर्नेमा पटक पटक मौखिक एवं लिखित ताकेता गर्दा समेत नतिरी नवुझाई सहकारीसँग भएको ऋण कर्जा सम्बन्धी शर्त कबुलियतहरु उल्लङ्घन गरेकोले कर्जा चुक्ता भुक्तान गर्न आउने बारेको ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको छ ।
सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थामा सम्पर्क राखी आफूले लिएको कर्जाको बाँकी सम्पूर्ण सावा, ब्याज तथा हर्जना बुझाई कर्जा चुक्ता गर्न सहकारीले आग्रह गरेको छ। तोकिएको समयसीमाभित्र कर्जा चुक्ता नगरेमा सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ तथा अन्य प्रचलित नेपाल कानुन बमोजिम संस्थाको लिनुपर्ने रकम असुल उपर गरिने समेत सूचनामा उल्लेख छ।
ऋण कर्जा चुक्ता भुक्तानी गर्ने गराउने बारे दिब्यतारा बहुउद्देश्यीय सहकारी संस्था लि।को ३५ दिने सार्वजनिक सूचनाः
