मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् ।
-------------- बिज्ञापन ---------------
मुख्यमन्त्री यादवले आज दिउँसो ४ बजे मधेश प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन । मंसिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेता रहेका यादव ७ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त भएको थियो । नियुक्तिपछि संविधानिक प्रावधानअनुसार ३०दिन भित्र विश्वासको मत लिनुपर्ने भएकाले मुख्यमन्त्री यादवले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।