आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित एक जना युवालाई पक्राउ गरेको छ।
-------------- बिज्ञापन ---------------
पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–१ का १९ वर्षीय ओमबाबु प्रसाद यादव रहेका छन्। प्रहरीले सवारीसाधन रोकी जाँच गर्ने क्रममा यादव कटुवा पेस्तोलसहित फेला परेका हुन्।
यादव बाराको कलैयाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख २७५ नम्बरको बसमा सवार थिए। उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, पृथ्वीराजमार्गअन्तर्गत रहेको अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले सवारीसाधन जाँच कार्यलाई थप तीव्रता दिँदै आएको छ।