मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा उपस्थित ९२ सांसदले नै उनको पक्षमा मतदान गरेका हुन् । बहुमतका लागि ५४ मत मात्र आवश्यक रहे पनि उनको पक्षमा शतप्रतिशत सांसदले विश्वासको मत दिए ।
-------------- बिज्ञापन ---------------
नेपाली कांग्रेसका यादवलाई एमाले, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेपाली कम्युनिष्ट पार्टी, नेपाल संघीय समाजवादी, संघीय समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी नेपालले विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गरेका हुन् ।