[t4b-ticker]

राप्रपाले मकवानपुर–१ मा दीपक बहादुर सिंहलाई प्रत्यक्षतर्फ सिफारिस गर्‍यो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट दीपक बहादुर सिंहको एकल नाम सिफारिस गरेको छ।

-------------- बिज्ञापन ---------------

राप्रपा मकवानपुर क्षेत्र नम्बर–१ को क्षेत्रीय समितिको मंगलबार बसेको बैठकले प्रत्यक्षतर्फ सिंहको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो। पार्टीको संसदीय समितिले २०८० मंसिर २८ गते गरेको निर्णयअनुसार क्षेत्रीय समितिले उम्मेदवारहरूको नामावली टुंगो लगाई जिल्ला समितिमा सिफारिस गरेको जनाइएको छ।

समानुपातिकतर्फ आदिवासी जनजाति, महिला, दलित, खसरआर्य तथा उत्पीडित–पिछडिएको वर्गको समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी विभिन्न नामहरू सिफारिस गरिएको राप्रपाले जनाएको छ।

समानुपातिक आदिवासी जनजाति महिला तर्फ सरस्वती कुमारी थिङ र मनिषा स्याङतान, खसरआर्य तर्फ उमेश थापा र नवराज थपलिया, महिला तर्फ हिराकुमारी भट्ट र हिरा चौरेल सिफारिस भएका छन्।

त्यसैगरी, आदिवासी जनजाति तर्फ अरुण लामा, मनोजकुमार मोक्तान र बालकृष्ण श्रेष्ठ, दलित तर्फ सन्देश परियार र दिपु सुनार तथा उत्पीडित एवं पिछडिएको वर्गतर्फ शुक्रराज प्रजाको नाम सिफारिस सूचीमा समावेश गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु