मोबाइल एसोसिएसन अफ नेपाल, मकवानपुरले चाडपर्व लक्षित बम्पर उपहार योजनाअन्तर्गत आयोजना गरेको नतिजा सार्वजनिक कार्यक्रम आज सम्पन्न भएको छ। हेटौंडास्थित रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा योजनाका विजेताहरू सार्वजनिक गरिएको हो।
-------------- बिज्ञापन ---------------
२0८२ साल भदौ ५ गतेदेखि पुष १६ गतेसम्म सञ्चालन गरिएको उक्त योजनाअन्तर्गत मकवानपुर जिल्लाभरका जुनसुकै मोबाइल पसलबाट मोबाइल तथा मोबाइलसम्बन्धी सामग्री खरिद गर्ने ग्राहकलाई कुपन वितरण गरी बम्पर उपहार योजनामा सहभागी गराइएको थियो। यस अवधिमा जिल्लाभरबाट २० हजारभन्दा बढी कुपन संकलन भएको आयोजकले जनाएको छ।
कार्यक्रम मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरका अध्यक्ष हरिप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाल मोबाइल व्यवसाय सङ्घ बागमती प्रदेशका अध्यक्ष एसिस रिजालको उपस्थिति रहेको थियो।
चाडपर्व लक्षित बम्पर उपहार योजनाअन्तर्गत एलईडी टिभी तर्फ कुपन नम्बर ११११८ का सरस्वती राना मगर, कुपन नम्बर ४११८ का शिवराम अर्याल तथा कुपन नम्बर ७७४१ की नीलम विश्वकर्मा विजेता हुनुभएको छ। त्यसैगरी फ्रिज तर्फ कुपन नम्बर ११७१९ की कल्पना श्रेष्ठ र कुपन नम्बर २०३५३ की पूजा माझी विजेता बन्नुभएको छ।
बम्पर उपहारअन्तर्गत टीभीएस एनटर्क स्कुटरको विजेता कुपन नम्बर ९४२६ की अस्मिता मोक्तान (थाहा नगरपालिका–३) घोषित हुनुभएको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीसहित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।