[t4b-ticker]

बोक्सीको घर’को टिमले घोषणा गर्‍यो नयाँ चलचित्र ‘पेट्रोल पम्प’

गत वर्ष नेपाली सिनेमा उद्योगलाई ब्लकबस्टर फिल्म ‘बोक्सीको घर’ दिएको टिम पुनः नयाँ चलचित्र निर्माणमा जुटेको छ । अभिनेत्री तथा निर्माता केकी अधिकारी र निर्देशक सुलक्षण भारतीले नयाँ सामाजिक ड्रामा चलचित्र ‘पेट्रोल पम्प’ निर्माणको औपचारिक घोषणा गरेका हुन् ।

-------------- बिज्ञापन ---------------

‘बोक्सीको घर’ रिलिजका क्रममा पुनः सहकार्य गर्ने प्रतिबद्धता जनाएका केकी र सुलक्षणको सहकार्य अब ‘पेट्रोल पम्प’मार्फत अघि बढ्ने भएको हो । चलचित्रको निर्देशन तथा कथा सुलक्षण भारतीले गर्नेछन् भने निर्माण केकी अधिकारीले गर्नेछिन् । यसअघि ‘बोक्सीको घर’मा पनि सुलक्षण लेखक–निर्देशक र केकी निर्माता तथा मुख्य अभिनेत्रीको भूमिकामा थिइन् ।
निर्माणपक्षका अनुसार सामाजिक विषयवस्तुमा आधारित चलचित्र ‘पेट्रोल पम्प’ विसं २०८३ मा प्रदर्शनमा ल्याइनेछ । कलाकार तथा प्राविधिक टिमको विवरण भने केही समयपछि सार्वजनिक गरिने जनाइएको छ ।

उल्लेखनीय छ, बद्री अधिकारी निर्माता रहेको ‘बोक्सीको घर’ले नेपाली बक्सअफिसमा ११ करोडभन्दा बढी ग्रस कलेक्सन गर्दै ठूलो सफलता हासिल गरेको थियो । केकी अधिकारीको पहिलो निर्माण नै ब्लकबस्टर बन्न सफल भएको उक्त चलचित्रको ‘बुझिन मैले’ गीत दर्शकमाझ निकै चर्चित बनेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु