[t4b-ticker]

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि विभिन्न दलका उम्मेदवारको मनोनयन दर्ता

आगामी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।नेकपा (एमाले) का तर्फबाट प्रेम दंगालले निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका उनले कांग्रेसको समर्थनमा विनु रायमाझी प्रस्तावक र हिदम लामाको समर्थनमा मनोनयन दर्ता गरेका हुन्भने नेपाली कांग्रेसकी गीता देवकोटाले पनि बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी छन्। सत्ता गठबन्धन कांग्रेस तर्फबाट मनोनयन दर्ता गराएकी देवकोटाको प्रस्तावक बागमती प्रदेशसभा सदस्य किरण थापा रहेका छन् भने रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले समर्थन गरेका छन्।

-------------- बिज्ञापन ---------------

त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का तर्फबाट बागमती प्रदेशमा अन्य समूहबाट प्रेम सापकोटा र महिला समूहबाट सरोजकुमारी झाले उम्मेदवारी दर्ता गराएका छन्भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट पनि दुई जनाले मनोनयन दर्ता गराएका छन्।

माघ ११ गते हुने बागमती प्रदेशतर्फको दुई सिटका लागि अन्य समूहबाट विक्रम ढुकुछु र महिला समूहबाट कविता महर्जनले उम्मेदवारी दर्ता गराएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु