[t4b-ticker]

हेटौँडामा बहुउद्देश्यीय सार्वजनिक खेल मैदान निर्माण हुँदै

मकवानपुरको हेटौँडामा नयाँ सार्वजनिक खेल मैदान निर्माणको तयारी सुरु गरिएको छ। हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको पूर्वी क्षेत्रमा बहुउद्देश्यीय खेल मैदान निर्माण गर्न लागिएको हो।

-------------- बिज्ञापन ---------------

उक्त मैदानमा फुटबल, भलिबल, क्रिकेट, बास्केटबललगायत विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्न सकिनेछ। साथै, सार्वजनिक कार्यक्रम, सामुदायिक जमघट तथा नियमित व्यायामका लागि समेत प्रयोग गर्न मिल्ने बहुउद्देश्यीय संरचनाका रूपमा मैदान निर्माण गर्न लागिएको हेटौँडा–४ का वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले जानकारी दिनुभयो।

उहाँका अनुसार हाल मैदान सरसफाइ तथा प्रारम्भिक तयारीको काम अगाडि बढाइएको छ। वडा कार्यालय, हेटौँडा उपमहानगरपालिका, प्रदेश तथा संघीय सरकारको सहयोग जुटाएर सुविधासम्पन्न खेल मैदान निर्माण गर्ने लक्ष्य राखिएको छ।

खेल मैदान निर्माणपछि विभिन्न विद्यालय तथा खेलकुद क्लबहरूले प्रतियोगिता आयोजना गर्न सक्नेछन्। साथै, संघ–संस्था, संगठन तथा राजनीतिक दलहरूले विद्यालयको नीति र मापदण्डभित्र रहेर कार्यक्रम आयोजना गर्न सक्ने विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले बताउनुभयो।

स्थानीय तहमा खेलकुद पूर्वाधार विस्तारले युवालाई खेलतर्फ आकर्षित गर्ने, स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने तथा हेटौँडालाई खेलकुद गतिविधिको केन्द्रका रूपमा विकास गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने