[t4b-ticker]

केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई आसन्न निर्वाचनमा केन्द्रित हुन निर्देशन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई आसन्न निर्वाचनमा केन्द्रित हुन निर्देशन दिनुभएको छ। पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनको वातावरण अझै पूर्ण रूपमा तयार नभए पनि तोकिएकै समयमा निर्वाचन हुनुपर्ने धारणा राख्नुभयो।

-------------- बिज्ञापन ---------------

अध्यक्ष ओलीले वर्तमान अवस्थामा नेताहरूमाथि लाञ्छना लगाउने, झुटा आरोप लगाउने र फसाउन खोज्ने प्रवृत्ति कायमै रहेको उल्लेख गर्दै सरकारले भयरहित निर्वाचनको वातावरण बनाउन असफल भएको आरोप लगाउनुभयो। उहाँले निर्वाचन सार्ने वातावरण सिर्जना भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै आगामी फागुन २१ गते नै निर्वाचन गर्न सरकारसँग आग्रह गर्नुभयो।

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको आज दोस्रो पूर्ण बैठक बसेको हो। बैठकको कार्यसूचीमा संशोधित विधानअनुसार पार्टीको विनियमावली संशोधन, महाधिवेशनको आय–व्यय विवरण प्रस्तुतिकरण, पछिल्ला सचिवालय बैठकका निर्णय अनुमोदन तथा विविध विषयहरू समावेश छन्।

यसअघि, ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक यही पुस ४ गते काठमाडौंमा सम्पन्न भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु