[t4b-ticker]

प्रगति माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव आयोजना गर्ने

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मा अवस्थित प्रगति माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० औँ वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती महोत्सव आयोजना गर्ने भएको छ। आजदेखि माघ ९ गतेसम्म सञ्चालन हुने महोत्सवमा शैक्षिक, साहित्यिक, खेलकुद, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू समेटिएको विद्यालयले जनाएको छ।

-------------- बिज्ञापन ---------------

वि.सं. २०३२ सालमा स्थापना भएको यस विद्यालयले पाँच दशकको अवधिमा गुणस्तरीय शिक्षा, सामाजिक उत्तरदायित्व र शैक्षिक रूपान्तरणमा पुर्‍याएको योगदानलाई स्मरणीय बनाउने उद्देश्यसहित स्वर्ण जयन्ती मनाउन लागेको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछाने तथा प्रधानाध्यापक किशोर पराजुलीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार महोत्सवको औपचारिक उद्घाटन माघ ६ गते हुने भए पनि कार्यक्रमहरू पौष २६ गतेदेखि नै सुरु भइसकेकाे छ।
स्वर्ण जयन्तीको अवसरमा विद्यालयले दीर्घकालीन महत्वका संरचना निर्माण गर्ने योजना अघि सारेको छ। यसअन्तर्गत विद्यालय परिसरमा स्वर्ण स्तम्भ निर्माण गरिनेछ भने विद्यालयका संस्थापक प्रधानाध्यापक स्व. राधादेवी शाहको प्रतिमा स्थापना गरिनेछ। साथै, विद्यालयको इतिहास, उपलब्धि र योगदान समेटिएको स्वर्ण स्मारिका प्रकाशन तथा विद्यालय गान सार्वजनिक गर्ने कार्यक्रम पनि रहेको छ।

महोत्सवअन्तर्गत शैक्षिक क्षेत्रका सरोकारवालाको सहभागितामा शिक्षक सम्मेलन, साहित्य सम्मेलन, शैक्षिक प्रदर्शनी, सम्मान कार्यक्रम तथा विविध सांस्कृतिक प्रस्तुतिहरू आयोजना गरिने विद्यालयले जनाएको छ। खेलकुदतर्फ पौष २६ र २७ गते जिल्ला स्तरीय महिला शिक्षक भलिबल प्रतियोगिता, माघ २ गते छात्रा भलिबल प्रतियोगिता तथा माघ ४ गते विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ।

त्यसैगरी माघ ५ गते विद्यार्थीहरूको साइकल यात्रा, मानवसेवा आश्रमलाई सहयोग तथा विद्यालय परिसर सरसफाइ कार्यक्रम राखिएको छ। महोत्सवको मुख्य दिन माघ ६ गते स्वर्ण स्तम्भ अनावरण, स्मारिका विमोचन, विद्यालय गान सार्वजनिक, शैक्षिक प्रदर्शनी, सम्मान तथा सांस्कृतिक कार्यक्रम एकैसाथ आयोजना हुनेछन्।

कार्यक्रम तालिकाअनुसार माघ ७ गते साहित्य सम्मेलन तथा विद्यार्थीका अतिरिक्त क्रियाकलाप, माघ ८ गते अभिभावक–विद्यार्थी खेलकुद तथा पुरस्कार वितरण कार्यक्रम सञ्चालन हुनेछ। महोत्सवको अन्तिम दिन माघ ९ गते सरस्वती पूजा, स्व. राधादेवी शाहको प्रतिमा अनावरण, सांस्कृतिक कार्यक्रम, सम्मान तथा समापन समारोहसहित स्वर्ण जयन्ती महोत्सव सम्पन्न हुने विद्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने