नेपाली कांग्रेसको संस्थापन र विशेष महाधिवेशन पक्षबीच सहमतिको प्रयास सुरु भएको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढेपछि संस्थापन पक्ष संवादमा आएको हो। विशेष महाधिवेशन पक्षधरले संस्थापन पक्षसँग वार्ताका लागि प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सम्मिलित समिति गठन गरेको छ। संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण वार्तामा संलग्न छन्।
-------------- बिज्ञापन ---------------
काठमाडौँको भृकुटीमण्डपमा अस्तिदेखि सुरु भएको विशेष महाधिवेशनअन्तर्गत आज पनि बन्दसत्र जारी छ। हिजो बन्दसत्र सुरु भएपछि विभिन्न प्रतिवेदन पेश भए पनि तिनमा छलफल नसकिएपछि महाधिवेशन आजसम्म लम्बाइएको हो।
यद्यपि विशेष महाधिवेशन पक्षले सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरूलाई आमन्त्रण गरे पनि उनीहरू भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा सहभागी भएका छैनन्।