[t4b-ticker]

नगरस्तरीय छात्र भलिबल प्रतियोगिता हेटौँडामा सुरु

शिक्षा, स्वास्थ्य र खेलकुदलाई पहिलो प्राथमिकतामा राख्ने उद्देश्यसहित हेटौँडा उपमहानगरपालिकामा सञ्चालन भइरहेको तेस्रो वडास्तरीय खेलकुद महोत्सव–२०८२ अन्तर्गत नगरस्तरीय छात्र भलिबल प्रतियोगिता सुरु भएको छ।
प्रतियोगिताको शुक्रबार हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गर्नुभएको हो। आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, हेटौँडा–४ को परिसरमा भइरहेको प्रतियोगितामा नगरभित्रका १४ वटा विद्यालयका टिमहरू सहभागी छन्।

-------------- बिज्ञापन ---------------

हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को आयोजनामा, शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को संयोजन तथा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन गरिएको प्रतियोगिता संयोजक राजाराम पोखरेलले जानकारी दिनुभयो।

माघ २ र ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन समारोह वडा नं. ४ का वडा अध्यक्षको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. ११ की वडा अध्यक्ष जुना दाहाल, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईं, श्रमिक माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीराम दाहाल, शिक्षक कृष्णगोपाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। कार्यक्रम आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समीम महोमदको अध्यक्षतामा सम्पन्न भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु