निर्वाचन आयोगले नेपाली कांग्रेसका तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा सम्पन्न विशेष महाधिवेशनलाई वैध ठहर गर्दै गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता दिएको छ।
-------------- बिज्ञापन ---------------
शुक्रबार बसेको आयोगको बैठकले बहुमतका आधारमा निर्णय गर्दै विशेष महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिलाई वैधानिकता दिएको हो। आयोगले यसअघि सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिलाई हटाउने निर्णयसमेत गरेको छ।
१४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा समूह र गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँमा विशेष महाधिवेशन गरी गगन थापा नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिले आ–आफ्नो समूहलाई आधिकारिक मान्यता दिन माग गर्दै निर्वाचन आयोगमा कागजात बुझाएका थिए। थापा नेतृत्वको समितिले बिहीबार र देउवा नेतृत्वको समितिले शुक्रबार आयोगमा दाबी प्रस्तुत गरेका थिए।
आयोगले विधान, महाधिवेशनमा सहभागी प्रतिनिधिको संख्या र बहुमतको आधारलाई मुख्य मापदण्ड मानी निर्णय गरेको जनाएको छ। आयोगको निर्णयप्रति असहमति जनाउँदै देउवा पक्षले भने अदालत जाने तयारी गरेको छ।