[t4b-ticker]

सिद्धार्थ माविको स्वर्ण महोत्सव अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यामिक विद्यालय विद्यालय स्थापनाको स्वर्ण महोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । महोत्सवको दोस्रो दिन शनिबार विद्यालय परिसरमा रक्त दान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा विद्यार्थी, शिक्षक, पूर्व विद्यार्थी सशस्त्र प्रहरीका गरी २८ जना रक्तदाताले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

-------------- बिज्ञापन ---------------

स्वर्ण महोत्सवको आइतबार बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आइतबार विद्यालयका पूर्व विद्यार्थी, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरुलगायतलाई सम्मान, स्वर्ण महोत्सव स्तम्भको अनावरण, स्मारिका विमोचन, शोभायात्रालगायतका कार्यक्रमहरु रहेको प्रचारसमिति संयोजक गणेश हुमागाईले जानकारी दिनुभयो ।

महोत्सवकै अवसरमा शुक्रबार विद्यालय परिसरमा सरसफाई गरिएको थियो । विद्यालयले स्वर्ण महोत्सव माघ ८ गतेसम्म विविध कार्यक्रम गरी मनाउँदै छ । स्वर्ण महोत्सव मनाउन हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनको संयोजकत्वमा ५०१ सदस्यीय स्वर्ण महोत्सव मूल आयोजक तयारी समिति बनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु