गायक तथा गीतकार कपिल कसपालको शब्द र संचारमा तयार गरिएको सरस्वती माताको स्तुतिगानमा आधारित भजन ‘विद्याकी देवी सरस्वती माता’ आइतबार भक्तपुरमा एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको छ।
-------------- बिज्ञापन ---------------
भक्तपुरमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको प्रमुख आतिथ्यतामा भजनको अडियो–भिडियो सार्वजनिक गरिएको हो। कार्यक्रममा भक्तपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छें विशेष अतिथिका रूपमा सहभागी थिए।
वसन्त पञ्चमीको अवसरलाई लक्षित गर्दै तयार गरिएको उक्त भजन युट्युब च्यानल एसपीजे आर्ट एण्ड म्युजिक मार्फत वर्ल्ड प्रिमियर गरिएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले भजनको अडियो तथा भिडियोको खुलेर प्रशंसा गरिन्। भजन बजिरहेका बेला संगीतले आफूलाई पूर्ण रूपमा डुबाएको अनुभूति भएको उल्लेख गर्दै उनले सम्पूर्ण निर्माण टिमलाई बधाई तथा शुभकामना व्यक्त गरिन्। भजनमा सानु मैयाँ धौभडेल र सुरज कपालीको स्वर रहेको छ। संगीतकार बद्री नारायण ताम्रकारको संगीत, बुद्ध सायमीको एरेञ्ज तथा तबलामा गौतम श्रेष्ठको साथ रहेको छ।
आशिष नापितको निर्देशनमा तयार गरिएको म्युजिक भिडियोमा सजन् ख्याजु र कृजल न्हुच्छें प्रधानको छायांकन रहेको छ। भिडियोमा अलिशा गरु, कृशला मथ्या र सकिरा प्रजापतीको अभिनय देख्न सकिन्छ।