आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा प्रमुख दलहरूले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले आ–आफ्ना उम्मेदवार अघि सार्दै चुनावी प्रतिस्पर्धा तीव्र बनेको छ।
-------------- बिज्ञापन ---------------
नेपाली कांग्रेसले मकवानपुर–१ बाट पूर्व सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र मकवानपुर–२ बाट पार्टी सभापति बुद्ध लामालाई उम्मेदवार बनाएको छ। कांग्रेसले यसपटक जनजाति र महिलालाई प्राथमिकता दिएको जनाएको छ।
नेकपा एमालेले मकवानपुर–१ बाट केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर राना र मकवानपुर–२ बाट केन्द्रीय सदस्य एवं निवर्तमान सांसद महेश कुमार बतौलालाई उम्मेदवार बनाएको छ।
त्यसैगरी, नेकपाले मकवानपुर–१ मा विजय गौतम र मकवानपुर–२ मा पूर्व थाहा नगरपालिकाका मेयर लवशेर विष्टलाई उम्मेदवार बनाएको छ।
सबै दलहरूले पार्टी कार्यालयबाट र्यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर निर्धारित समयमा उम्मेदवारी दर्ता गराएका हुन ।