[t4b-ticker]

हाँडीखोलामा २१० को आँखा जाँच्दा १८ मा मोतिबिन्दु

मकवानपुरको मनहरी गाउँपालिकास्थित हाँडीखोलामा बुधबार निशुल्क आँखा शिविर भएको छ । २१० जनाको आँखा जाँच गर्दा १८ जनामा मोतिबिन्दु फेला परेको छ । रोटरी क्लव अफ काठमाडौ मिडटाउन र हेटौंडा सामुदायिक आँखा अस्पतालको आयोजनामा भएको कार्यक्रममा स्थानीय आयोजकको रुपमा मनहरी गाउँपालिका ३ नम्बर वडा कार्यालय र चैनपुर जेसीज मनहरी रहेको थियो ।

-------------- बिज्ञापन ---------------

मनहरी गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा स्थानीयको सकृय सहभागिता रहेको थियो । मोतिबिन्दुका बिरामीलाई यहि शुक्रबार हेटौंडास्थित सामुदायिक अस्पतालमा निशुल्क शल्यक्रिया गरिने आयोजकले जानकारी दिएको छ । शिविरमा मोतिबिन्दुसँगै चस्मा लगाउनुपर्ने, दृष्टिदोष लगायतका समस्या बेसी देखा परेको चिकित्सकहरुले जानकारी दिएका छन् । शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पतालका ४ जना चिकित्सकको टोलीले आँखा जाँच गराएका थिए ।

स्थानीय आयोजक मनहरी गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्यालले रोटरी र जेसीजसंगको समन्वयमा आफ्नो वडामा आँखा शिविर सन्चालन गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘२१० जनाको आँखा परीक्षणबाट १८ जनाको मोतिबिन्दु फेला परेका छन् । यस कार्यक्रममा स्थानीय आयोजकको रुपमा काम गर्न पाउँदा निकै खुसी लागेको छ’, वडा अध्यक्ष अर्यालले भने ।

कार्यक्रममा चैनपुर जेसीज मनहरीका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, निवर्तमान अध्यक्ष रविन ढकाल, २०२५ का अध्यक्ष कृष्णप्रसाद ढकाल, २०२६ का अध्यक्ष सुरेश गौतम लगायतको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु