[t4b-ticker]

मकवानपुरमा उम्मेदवारी दर्ता गरेसँगै चुनावी रौनक सुरु

मकवानपुरमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएसँगै चुनावी रौनक सुरु भएको छ । दलहरू तोकिएको समयअनुसार दलबलसहित हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

-------------- बिज्ञापन ---------------

मकवानपुर निर्वाचन क्षेत्र–१ मा २३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । जसमा १३ जना दलीय र १० जना स्वतन्त्र उम्मेदवार रहेका छन् । यस्तै, निर्वाचन क्षेत्र–२ मा १६ दलीय र ५ स्वतन्त्र गरी कुल २१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । दुवै क्षेत्रमा गरी कुल ४४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र–१ मा पूर्व सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ ले उम्मेदवारी दर्ता गराउनुभएको छ । उपाध्यायको उम्मेदवारी दर्ताका क्रममा दामोदर खनाल प्रस्तावक र इन्द्रबहादुर बानियाँ समर्थक रहेका छन् भने क्षेत्र नम्बर–२ मा कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामाले उम्मेदवारी दर्ता गराएका छन् । लामाको प्रस्तावकमा ईश्वर पाठक र समर्थकमा रञ्जन कालाखेती रहेका छन् । मंगलबार दुवैले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयनपत्र बुझाएका हुन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र–१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंह २ हजार ३ सय ९३ मत अन्तरसहित निर्वाचित भएका थिए । उनले २७ हजार ८ सय १४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक बाम गठबन्धनतर्फबाट उम्मेदवार रहेकी कांग्रेस नेतृ डीनाले २५ हजार ४ सय ३४ मत प्राप्त गरेकी थिइन् । पार्टी संगठन सुदृढीकरण, महिला अधिकार र समावेशी लोकतन्त्रका मुद्दामा सक्रिय रहँदै आएकी डीनालाई कांग्रेसले पुनः उम्मेदवार बनाएको हो ।

त्यस निर्वाचनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा २५ हजार ४ सय २० मतसहित तेस्रो भएका थिए । यसपटक भने थापा गृहजिल्ला मकवानपुर छाडेर काठमाडौं–५ बाट उम्मेदवार बनेका छन् । ३५ वर्षयता पहिलोपटक थापा मकवानपुरबाट चुनावी मैदानमा देखिने छैनन् ।

केन्द्रमा सत्तासमीकरण फेरिएसँगै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा सांसद सिंह सरकारबाट बाहिरिएका थिए । उनी माओवादी केन्द्र नेतृत्वको संघीय सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री बनेका थिए । २०७९ को स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा झिनो मतले पराजित भएपछि सिंहको राजनीतिक चर्चा थप चुलिएको थियो ।

नेकपा एमालेबाट मकवानपुर क्षेत्र–१ मा रामेश्वर रानाले उम्मेदवारी दर्ता गराएका छन् । उनका प्रस्तावक गोपालप्रसाद दाहाल र समर्थक इन्द्रमान स्यांतान रहेका छन् । क्षेत्र–२ मा एमालेबाट पूर्व सांसद महेश बर्तौलाले उम्मेदवारी दिएका छन् । उनका प्रस्तावक राजाराम स्यांतान र समर्थक सुवासचन्द्र ठकुरी छन् ।

नेकपा (नेकपा) बाट क्षेत्र–१ मा विजय गौतम र क्षेत्र–२ मा लवशेर बिष्टले उम्मेदवारी दर्ता गरेका छन् । पहिलोपटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका गौतम विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । मकवानपुर–२ का उम्मेदवार बिष्ट रुपचन्द्र बिष्ट ‘रुदाने’ का अनुयायीका रूपमा चिनिन्छन् । उनी २०७४ सालमा थाहा नगरपालिका मेयर निर्वाचित भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट क्षेत्र–१ मा प्रकाश गौतम र क्षेत्र–२ मा प्रशान्त उप्रेतीले उम्मेदवारी दर्ता गराएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट क्षेत्र–१ मा तेजप्रसाद उप्रेती र क्षेत्र–२ मा सन्तोष बिष्ट उम्मेदवार बनेका छन् ।

यस्तै, श्रम संस्कृति पार्टीबाट क्षेत्र–१ मा विद्या श्रेष्ठ र क्षेत्र–२ मा युनिश लामाले उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठ हेटौंडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध आवाज उठाउँदै आएकी अभियन्ता हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु