[t4b-ticker]

महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालको पहिलो जीत

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले पहिलो जीत हासिल गरेको छ । कीर्तिपुरको त्रिवि मैदानमा आज भएको खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले हरायो ।

-------------- बिज्ञापन ---------------

जिम्बावेले दिएको १ सय ३० रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालकी पूजा महतोले ५२ रन बनाइन् । जिम्बावेकी जोसेफिन एनकोमोले २ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनायो । जिम्बावेकी केलिस एनध्लोभुले नटआउट ५२ रन बनाइन् । नेपालकी रिया शर्माले २ विकेट लिइन् ।

यो जीतसँगै नेपालले प्रतियोगिताको ‘सुपर सिक्स’ मा पुग्ने झिनो सम्भावना कायम राखेको छ । यसअघि नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि सोमवार स्कटल्यान्डसँग खेल्नेछ ।

१० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु