[t4b-ticker]

भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ । आज बिहान बारामतीमा उहाँ चढेको निजी विमान दुर्घटना भएको थियो । दुर्घटनालगत्तै गम्भीर घाइते उहाँको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

-------------- बिज्ञापन ---------------

यस्तै विमान दुर्घटनामा उपमुख्यमन्त्रीको सुरक्षामा खटिएका दुई जना सुरक्षाकर्मी र दुई जना पाइलटको पनि ज्यान गएको खबरमा उल्लेख छ ।

पवार जिल्ला परिषद् चुनावका लागि सभालाई सम्बोधन गर्न त्यसतर्फ जाँदै हुनुहुन्थ्यो । विमान मुम्बईबाट उडेको थियो । बीबीसी हिन्दीका अनुसार बारामती विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनाग्रस्त भएको र आगो लागेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने