आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बदली भई ठाउँठाउँमा वर्षा र हिमपात भएको छ । प्रणाली विस्तारै पूर्वतर्फ सर्दै गएको जानकारी दिँदै मौसमविद् वरुण पौडेलले तराई र कोशीमा भने कम नै वर्षा हुने देखिएको बताउनुभएको छ । अहिले पछिल्लो एक घण्टामा भने गण्डकी प्रदेश र बागमती प्रदेशका जिल्लामा धेरै वर्षा भएको छ । आज रातिदेखि यो प्रणाली कमजोर हुने र बिस्तारै खुल्ने विभागले जनाएको छ । तर चिसो भने बढाउने र केही दिन बदली पनि रहने छ ।
-------------- बिज्ञापन ---------------
आज राति देशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ ।
भोलि तराई भू–भागका धेरै ठाउँमा हुस्सुरकुहिरो रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसमविद् पौडेलले बताउनुभयो ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।