आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीले नेपाली सेनासँग पेस्तोल सापटी मागेको छ।
-------------- बिज्ञापन ---------------
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार निर्वाचन सुरक्षाका लागि आवश्यक हतियार अपुग भएपछि करिब ३ हजार थान पेस्तोल सेनासँग सापटी मागिएको हो।
प्रहरी प्रधान कार्यालयका एक अधिकृतले हतियार सापटी मागिएको पुष्टि गरे पनि संख्याबारे औपचारिक रूपमा खुलाउन चाहेनन्।
स्रोतका अनुसार यसअघि जेनजी आन्दोलनका क्रममा प्रहरीका केही हतियार लुटपाट भएकाले हतियार अभाव देखिएको हो।
यसअघि पनि विभिन्न निर्वाचनमा नेपाल प्रहरीले नेपाली सेनासँग हतियार सापटी लिएर प्रयोग गर्दै आएको छ।