हेटौंडाको पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले आफ्नो १६ औँ वार्षिक उत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथौं दिन आचारसंहिता सम्बन्धि अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको छ । सोमवार रेडियोमा बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरी प्रसाद ढकालसँग निर्वाचन आचारसंहिता सम्बन्धि अन्तरसंवाद कार्यक्रम गरिएको हो ।
-------------- बिज्ञापन ---------------
अन्तरसंवाद कार्यक्रममा प्रमुख ढकालले निर्वाचनमा भाग लिने उम्मेद्वारदेखि सरोकारवाला निकायहरुका लागि आंचारसंहिता लागु गरिएको जानकारी दिए । सबैलाई समान अवसर प्रदान गर्नका लागि आचारसंहितको तर्जुमा गरिएको उनले बताए ।
फागुनको ४ गते अगाडिसम्म आचारसंहिता लागु हुने भन्दै प्रमुख ढकालले त्यसभन्दा अगाडि प्रचार प्रसाद गरे कारबाहीमा पर्ने जानकारी दिए । उनले मकवानपुर क्षेत्र नम्वर–१ र २ मा उम्मेद्वारहरुले ३३ लाखको सिमाभित्र रहेर खर्च गर्नुपर्ने ब्यवस्था गरिएको छ । साथै सार्वजनिक स्थलहरुमा ध्वनी प्रदुषण गर्न नपाईने , तोकिएको मात्रमा झण्डा प्रयोग गर्न पाईने र जुलुसहरुमा जाँदा अपनाउनुपर्ने ब्यवधान गरिएको उनले बताए ।
आचारसंहिता उल्लघन भएको सर्वसाधरण मतदाताहरुले देखिएमा निर्वाचन कार्यालय , जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउन सक्ने समेत जानकारी दिए ।
साथै प्रमुख ढकालले उम्मेद्वारहरुलाई प्रलोभन र आश्वासन नदेखाई मन जितेर मत प्राप्त गर्न आग्रह गरे ।
१६ गतेदेखि गुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन रक्तदान कार्यक्रम , दोश्रो दिन हेटौंडा–१८ मा रहेको वेद विद्यालयमा खाद्यन्न सहयोग र तेस्रो दिन सञ्चारिका समुहलाई सेनेटरी प्याड वितरण गरिएको थियो ।
रेडियो मकवानपुरको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत माघ २० गते मिडिया कप फुटसल प्रतियोगिता आयोजना गरिनेछ भने माघ २२ गते कार्यक्रमको औपचारिक समापन हुनेछ ।
सप्ताहव्यापी कार्यक्रमको समापनमा मकवानपुरका २ जनालाई जनही नगद १० हजार रुपैयाँसहित सामुदायिक सम्मान समेत प्रदान गरिनेछ । रेडियो मकवानपुरले वार्षिकोत्सवमा २ जनालाई सामुदायिक सम्मान र हरितालिका तीजको अवसरमा २ महिलालाई जागरुक महिला सम्म्मान प्रदान गर्दै आएको छ ।