[t4b-ticker]

निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुने भएका छन् ।

-------------- बिज्ञापन ---------------

सरकारले स्वीकृत गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा परिचालन हुन लागेका हुन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचनको एक महिना अघिदेखि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।

एकीकृत सुरक्षा योजनाअनुसार मतदान स्थलको भित्री घेरा नेपाल प्रहरी र निर्वाचन प्रहरीले सम्हाल्नेछन् । दोस्रो घेरा सशस्त्र प्रहरी बल नेपालले लिनेछ भने तेस्रो तथा बाहिरी घेरा नेपाली सेनाले सम्हाल्नेछ । नेपाली सेना १६५ वटै निर्वाचन क्षेत्रमा आजदेखि परिचालित हुने सेनाले जनाएको छ ।

निर्वाचन सुरक्षाका लागि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार गत मङ्सिर ११ गते नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका थिए । सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार आवश्यकताअनुसार सेनाको ‘वेस’ खडा गरिने र संयुक्त गस्तीसमेत सञ्चालन गरिनेछ ।

सेनाले निर्वाचनका लागि करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । निर्वाचनपूर्व मतपत्र छपाइ र ढुवानी, मतदान स्थल तथा मतगणनास्थलको सुरक्षा, मतपेटिका ढुवानीलगायत जिम्मेवारी सेनाले सम्हाल्नेछ । साथै विमानस्थल, कारागारलगायत संवेदनशील संरचनाको सुरक्षा पनि नेपाली सेनाले गर्नेछ ।

यसपटकको निर्वाचनमा ३ हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगले माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ । देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम छन् ।

निर्वाचनका लागि १० हजार ९६७ मतदान स्थल मा २३ हजार ११२ मतदान केन्द्र तोकिएको छ । नेपाल प्रहरीतर्फबाट ७७ हजार जनशक्ति परिचालित हुनेछन् भने थप १ लाख ३३ हजार निर्वाचन प्रहरी भर्ना गरिएको छ ।

मतदान स्थललाई जोखिमका आधारमा वर्गीकरण गरिएको छ । २ हजार ८४५ मतदान स्थल सामान्य, ४ हजार ४४२ संवेदनशील र ३ हजार ६८० अति संवेदनशील मानिएका छन् । सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपालबाट ३४ हजार ५७६ जनशक्ति र १५ हजार ११० निर्वाचन प्रहरी गरी कुल ४९ हजार ६८६ जना परिचालन हुनेछन् । सशस्त्र प्रहरीले कुनै पनि अप्रिय घटना भएमा १० मिनेटभित्र घटनास्थलमा पुग्ने गरी उच्च सतर्कता अपनाइएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु