[t4b-ticker]

मकवानपुरगढीमा किशोरीलाई एचपिभी खोप अभियान माघ २६ गतेबाट सञ्चालन हुने

पाठेघरको मुखको क्यान्सरबाट किशोरीहरूलाई जोगाउने उद्देश्यसहित राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत मकवानपुरगढी गाउँपालिकामा १९३ जना छात्रालाई एचपिभी खोप लगाइने भएको छ ।

-------------- बिज्ञापन ---------------

गाउँपालिका स्तरीय खोप समन्वय समितिले आज अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै माघ २६ देखि २८ गतेसम्म खोप सेवा सञ्चालन गरिने जानकारी दिएको हो । अभियान अन्तर्गत पालिकाभित्रका १६ वटा सामुदायिक विद्यालय र १ वटा संस्थागत विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रालाई खोप लगाइनेछ ।

समन्वय समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा अध्यक्ष स्याङ्तानले रोग लागेपछि उपचारभन्दा रोग लाग्न नदिन खोप नै प्रभावकारी माध्यम भएको बताए । क्यान्सरजस्तो जटिल रोगको रोकथामका लागि विद्यालयमै सहज वातावरण सिर्जना गरी खोप सञ्चालन गर्न आग्रह गरे।

स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछानेका अनुसार यसवर्ष पालिकाभित्र कुल १९३ जनामा खोप लगाइनेछ । जसमध्ये गतवर्ष छुटेका ९ जना र विद्यालय बाहिर रहेका २ जना किशोरीलाई खोप प्रदान गरिने लामिछानेले जानकारी दिए ।

अभियानका क्रममा छुटेका छात्रालाई फागुन ८ देखि १० गतेसम्म सञ्चालन हुने नियमित खोप कार्यक्रममा खोप लगाइनेछ । गतवर्ष गाउँपालिकाभित्र कक्षा ६ देखि १० सम्मका २ हजार ४५ जना किशोरीलाई एचपिभी खोप लगाइएको थियो

अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ई. सुधन लामिछाने, वडा नं. २ का अध्यक्ष बखान सिंह पाख्रिन, वडा नं. ४ का अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, वडा नं. ७ का अध्यक्ष सूर्यबहादुर रुम्बा, वडा नं. ६ का कार्यवाहक अध्यक्ष जीतबहादुर घलान, सबै वडाका स्वास्थ्य चौकी इन्चार्जहरूको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने