[t4b-ticker]

प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा तिन हजार बढि कर्मचारी परिचालन हुने

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लामा तीन हजारभन्दा बढी कर्मचारी खटाइने भएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लाका ३७४ मतदान केन्द्रमा स्वयंसेवकसहित तीन हजार ३६६ कर्मचारी निर्वाचन अवधिभर परिचालन हुने भएका हुन् ।

-------------- बिज्ञापन ---------------

बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार प्रत्येक मतदान केन्द्रमा निर्वाचन आयोगबाट छ जना कर्मचारी खटाइनेछ भने मतदान केन्द्र रहेको स्थलमा तीन जना स्वयंसेवक नियुक्त गरिनेछ । निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै उहाँले निर्वाचन कार्यालयबाट २ हजार २४४ जना कर्मचारी र मतदान केन्द्रमै खटिने एक हजार १२२ जना स्वयंसेवक परिचालन हुने बताउनुभयो । निर्वाचन स्थलको संवेदनशीलता र आवश्यकताको आधारमा थप रूपमा निर्वाचन सुरक्षाकर्मी परिचालन गरिने प्रदेश निर्वाचन अधिकारी ढकालले जानकारी दिनुभयो ।

४० वटा वडा रहेको मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ६२ वटा मतदान स्थल र १७८ वटा मतदान केन्द्र रहेका छन् । यस्तै ६२ वटा वडा रहेको क्षेत्र नम्बर २ मा १०५ वटा मतदान स्थल र १९६ वटा मतदान केन्द्र कायम छन् ।

मतदान केन्द्रबाहेक जिल्लाको पूर्व सदरमुकामस्थित भीमफेदी कारागारमा र कर्मचारीका लागि हेटौँडामा अस्थायी मतदान केन्द्र रहने व्यवस्था गरिएको छ । कति वटा अस्थायी मतदान केन्द्र रहने भन्ने विषयमा निर्णय प्रक्रिया जारी रहेको प्रदेश निर्वाचन अधिकारी ढकालले बताउनुभयो ।

मकवानपुरमा कुल मतदाता संख्या तीन लाख १५ हजार ३३४ रहेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७९ हजार ६२१ पुरुष, ७८ हजार ८१० महिला र चार अन्य गरी एक लाख ५८ हजार ४३५ मतदाता छन् । यस्तै क्षेत्र नम्बर २ मा ८२ हजार ३३२ पुरुष, ७४ हजार ५६६ महिला र एक अन्य गरी एक लाख ५६ हजार ८९९ मतदाता कायम छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

आज सार्वजनिक बिदा

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

सुनचाँदीको भाउमा गिरावट

यो पनि पढ्नुहोस्

आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

सुनचाँदीको भाउमा गिरावट

सुनचाँदीको भाउमा गिरावट

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा