प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा प्रतिनिधिसभा सदस्यकाे चुनाव हुनेमा ढुक्क हुन सबैमा आग्रह गर्नुभएको छ ।
-------------- बिज्ञापन ---------------
मतपत्र छपाइ स्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि प्रधानमन्त्री कार्कीले चुनाव निर्वाचन एकै चरणमा हुने भन्दै निश्चिन्त रहनसमेत सबैमा आग्रह गर्नुभयो ।
कार्कीले चुनावकाे समयमा सबै भूगोलको मौसमसमेत अनुकूल रहने विश्वास व्यक्त गर्दै सबै मतदाताले निर्बाध रूपमा मतदान गर्न पाउने विश्वास व्यक्त गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘ढुक्क र निश्चिन्त हुनुस्, एकैदिनमा हुन्छ चुनाव । तोकिएकै मितिमा हुन्छ । मलाई लाग्छ मौसम पनि राम्रो हुनेछ । निर्वाचित प्रतिनिधिसभालाई सरकार हस्तान्तरण गर्छाैँ र आफ्नो घर जान्छौँ ।’
प्रधानमन्त्री कार्कीले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न निर्वाचन आयुक्तको भूमिका प्रसंशनीय रहेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।