[t4b-ticker]

आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट ६ महिनामा ३ अर्ब २७ करोडभन्दा बढी राजस्व सङ्कलन

हेटौँडा- आन्तरिक राजस्व कार्यालय हेटौँडाले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ करोड ८६ लाख १० हजार रुपैयाँले बढी हो।

-------------- बिज्ञापन ---------------

कार्यालयका अनुसार गत महिना मात्रै ८० करोड आठ लाख ९९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ, जसले राजस्व सङ्कलनमा सकारात्मक वृद्धि देखिएको जनाएको छ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा सङ्कलित राजस्वमध्ये अन्तशुल्कतर्फ सबैभन्दा बढी एक अर्ब ८८ करोड ६४ लाख ८७ हजार रुपैयाँ रहेको छ। यस्तै आयकरतर्फ ५९ करोड ३२ लाख ७१ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ ४६ करोड ७१ लाख ३० हजार रुपैयाँ र स्वास्थ्य जोखिम करतर्फ २७ करोड ७३ लाख दुई हजार रुपैयाँ सङ्कलन भएको छ।

यसैगरी ब्याजकरतर्फ तीन करोड ६९ लाख ४७ हजार रुपैयाँ र बहालकरतर्फ ८१ लाख २६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने