[t4b-ticker]

बालज्योति माविको स्वर्ण जयन्तीमा रक्तदान

हेटौंडा— मकवानपुरको हेटौंडा–५ स्थित श्री बालज्योति माध्यमिक विद्यालयले आफ्नो ५० औँ वार्षिकोत्सव को अवसरमा रक्तदान तथा पूर्व विद्यार्थी खेलकुद कार्यक्रम आयोजना गरेको छ।

-------------- बिज्ञापन ---------------

वार्षिकोत्सवकाे अवसरमा शनिबार नेपाल रेडक्रस सोसाइटीअन्तर्गत हेटौंडा ब्लड बैंकको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन्। कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रविन्द्रनाथ पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–५ का वडा अध्यक्ष सुशील घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रम संयोजक आरती थपलियाले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्।

कार्यक्रममा पूर्व विद्यार्थी समाजका अध्यक्ष सुदिप गिरी, विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक तथा  शिक्षकहरूको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु