[t4b-ticker]

आफ्नो उम्मेदवारीप्रति मकवानपुरका जनता सकारात्मक छन्: रामेश्वर राना

हेटाैँडा – नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार रामेश्वर रानाले आफ्नो उम्मेदवारीप्रति मकवानपुरका जनता सकारात्मक रहेको बताएका छन्।

-------------- बिज्ञापन ---------------

नेकपा एमालेकाे तर्फबाट निर्वाचित वर्तमान र पूर्व  जनप्रतिनिधिकाे भेलालाई सम्बाेधन गर्दै रानाले मुलुकलाई संकटबाट पार लगाउन र विकास र समृद्विकाे बाटाेमा मुलुकलाई अगाडि नेकपा एमालेकाे जीतकाे विकल्प नभएकाे उहाँकाे भनाई रहेकाे थियाे । विचलित र अन्याैलमा नपरि निर्धक्क भएर निर्वाचनमा जुट्न उम्मेद्वार रानाले आग्रह गर्नुभयाे ।

भेलामा संविधानसभा सदस्य अनन्त पाैडेलले अब बन्ने संसदले मुलुकलाई निकास दिन सकेन भने संविधान र लाेकतन्त्र मात्र संकट पर्दैन राष्ट्रियता नै संकटमा पर्ने उहाँले बताउनुभयाे ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले बैधानिक रूपमा नै निर्वाचन जितेर बहुमतसहित सरकार चलाउन पर्ने बताउनु भयाे । मकवानपुरमा एमालेकाे विगतकाे साखलाई कायम गर्दै निर्वाचनकाे तयारीमा जुट्नुपर्ने बताउनु भयाे ।

भेलामा नेकपा एमाले केन्द्रीय लेखा आयाेगकाे सदस्य तथा हेटाैँडा उपमहनगरपालिका दलका नेता नवीन सिग्देलकाे अध्यक्षतामा भएकाे भेलामा पूर्व संसद कृष्णप्रसाद दाहाल, प्रदेश कमिटीका सदस्यहरू फुर्वादाेर्जे घिसिङ्ग,  गणेशकुमारी श्रेष्ठल, नगर कमिटी अध्यक्ष बाेलबहादुर कार्कीलगायतकाे उपस्थिति रहेकाे नेकपा एमाले जिल्ला उपसचिव तथा दलका सचिव फूर्वादाेर्जे लामाले जानकारी दिनुभयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु