[t4b-ticker]

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

हेटौँडा – नेपाली कांग्रेसकी नेतृ तथा मकवानपुर क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले कांग्रेसले निर्वाचनमा जाने निर्णय गरेपछि देश नै निर्वाचनमय बनेको बताउनुभएको छ।

-------------- बिज्ञापन ---------------

हेटौँडामा आयोजित छुट्टाछुट्टै क्रियाशील कार्यकर्तासँगको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै उहाँले कांग्रेसको निर्णयले सम्पूर्ण राजनीतिक दललाई निर्वाचनतर्फ उन्मुख बनाएको बताउनुभयो। “कांग्रेसले निर्वाचनमा जाने निर्णय गरेपछि सबै राजनीतिक दल निर्वाचनको प्रक्रियामा सहभागी हुन तयार भएका छन्। कांग्रेस सधैं लोकतन्त्र, संविधान र जनताको पक्षमा उभिने पार्टी हो,” उहाँले भन्नुभयो।
उहाँले कांग्रेसले संविधानको रक्षा, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा देशलाई सही मार्गमा अघि बढाउने उद्देश्यसहित निर्वाचनमा जाने निर्णय गरेको स्पष्ट पार्नुभयो। वर्तमान राजनीतिक परिस्थितिमा निर्वाचन नै उचित समाधान भएको उल्लेख गर्दै उहाँले कांग्रेसको निर्णयले राजनीतिक स्थिरता र जनताको अधिकार सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुभयो।

नेतृ उपाध्यायले मकवानपुर जिल्लाको समृद्धि र विकासलाई आफ्नो प्रमुख लक्ष्य बनाएको बताउँदै जनताको विश्वास र समर्थन कांग्रेसप्रति रहेको दाबी गर्नुभयो। “मकवानपुरको समग्र विकासका लागि दृढ इच्छाशक्ति, स्पष्ट योजना र जनताप्रतिको प्रतिबद्धता आवश्यक छ। कांग्रेसको जितले मात्रै नागरिकको समृद्धिको सपना साकार हुनेछ,” उहाँले भन्नुभयो।

उहाँले आफू सधैं जनताको पक्षमा उभिएको र अन्यायविरुद्ध आवाज उठाउँदै आएको बताउँदै महिला अधिकार, पछाडि परेका वर्ग तथा समुदायको उत्थानका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “जनताको भावना बुझेर काम गर्ने मेरो संकल्प छ। महिला, युवा तथा पछाडि परेका समुदायको अधिकार सुनिश्चित गर्न कांग्रेस प्रतिबद्ध छ,” उहाँले भन्नुभयो।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ र ६ मा आयोजित कार्यक्रमहरूमा कांग्रेसका केन्द्रीय सदस्य उमा दाहाल, केन्द्रीय प्रतिनिधि गीता सत्याल, जिल्ला निर्वाचन परिचालन समितिका संयोजक माइकल रामचन्द्र अर्याल, स्थानीय नेता तथा कार्यकर्तालगायतको सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु