[t4b-ticker]

जनतासँगै बस्ने पार्टी हाे कांग्रेस: महालक्ष्मी उपाध्याय डिना

हेटौंडा- प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसले मकवानपुर क्षेत्र नम्बर–१ अन्तर्गत विभिन्न स्थानमा निर्वाचन सम्पर्क कार्यालय स्थापना तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीव्रता दिएको छ। गाउँपालिका–३, बागमती गाउँपालिका–१ र ८ मा सम्पन्न भेटघाट कार्यक्रमहरूमा पार्टीका संविधान रक्षा, महिला अधिकार, रोजगारी सिर्जना र जनताको जीवनस्तर उकास्ने एजेन्डाराख्दै मतदातासँग भेटघाट गरेका छन्।

-------------- बिज्ञापन ---------------

कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री एवं प्रतिनिधि सभा सदस्यका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले जनतासँग बसेर काम गर्ने संकल्पसहित चुनावमा आएको बताउँदै कांग्रेस जनताको बीचमा टिक्ने र जनतासँगै रहने पार्टी भएको बताउनु गर्नुभयो। उहाँले विगतको मत सुरक्षित गर्दै थप मत कांग्रेसको पक्षमा ल्याउन आग्रह गर्दै विशेषगरी महिला दिदीबहिनीहरूलाई सक्रिय रूपमा खटिन आह्वान गर्नुभयो।

संविधान निर्माणमा आफ्नो पनि योगदान रहेको उल्लेख गर्दै उहाँले संविधानको रक्षा, आदिवासी जनजाति समुदायको अधिकार सुनिश्चित गर्ने र जनताको समस्या गाउँमै पुगेर समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

युवाहरूलाई विदेश पलायन हुनुपर्ने बाध्यताबाट अन्त्य गर्न देशभित्रै रोजगारी सिर्जना गर्ने र निर्वाचित भएपछि “एक पालिका, एक सीप केन्द्र” स्थापना गरी महिला तथा युवालाई आत्मनिर्भर बनाउने योजना रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले संविधानले राज्यका तीनै तहमा महिलाको अधिकार र प्रतिनिधित्व सुनिश्चित गरेको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रले महिलाको सहभागिता र पहुँच वृद्धि गरेको धारणा राख्नुभयो।

विभिन्न कार्यक्रमहरूमा जिल्ला तथा क्षेत्रीय नेताहरूको सहभागिता रहेको थियो भने सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका टोल कमिटी अध्यक्ष अर्जुन राईसहितका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु