[t4b-ticker]

मकवानपुर–१ मा डिनाको प्रतिबद्धता: “जनताबाट अनुमोदित भएर जनताकै बीचमा ५ वर्ष काम गर्छु”

हेटौँडा-  नेपाली कांग्रेसको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले जनताबाट अनुमोदित भएर जनताकै हितमा काम गर्ने  प्रतिबद्धता व्यक्त गरेकी छिन्। कांग्रेसले हेटौँडा–४ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सांसद बन्नकै लागि मात्र निर्वाचनमा होमिएको नभई जनताका मुद्दा समाधान गर्न आएको स्पष्ट पारिन्।

-------------- बिज्ञापन ---------------

उनले भनिन्, “आज कांग्रेसको निर्णयले मुलुक निर्वाचनमय बनेको छ। अघिल्लो पटक गठबन्धनको मत जोडेर ढुक्क भएर बस्दा पराजय भोग्नुपर्‍यो। यसपटक बद्लिएको कांग्रेस र बद्लिएका नेताहरू एकजुट भएर मकवानपुरमा विजय हासिल गर्नेछौं।” उनले भिजन भएका युवा नेता गगन थापालाई प्रधानमन्त्री बनाउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको बताईन।

निर्वाचनमा पराजित हुँदा पनि जिल्लाको विकास र जनताका चाहनालाई सम्बोधन गर्न निरन्तर सक्रिय रहेको बताउँदै डिनाले एकपटक जिताएर सेवा गर्ने अवसर दिन मतदातासमक्ष आग्रह गरिन्। “जनताले कांग्रेसप्रति विश्वास गरिरहेका छन । मतदातामाझ जाँदा माया र भरोसा पाइरहेका छौं,” उनले भनिन्, “यहाँका समस्या समाधान गर्दै जनताकै बीचमा बसेर पाँच वर्ष काम गर्नेछु।” डिनाले कांग्रेसलाई विजय गराउन  सबै नेता–कार्यकर्तालाई घरदैलो अभियानमा सक्रिय हुन आह्वानसमेत गरिन्।

कार्यक्रममा कांग्रेसका समानुपातिक तर्फका उम्मेदवारहरू सर्मिला श्रेष्ठ र पवित्रा विश्वकर्मासहितका नेताहरूको आतिथ्यता रहेको

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु